बिहिबार भित्रंदै कोरोनाविरुद्धको १० लाख भ्याक्सिन

  • ख-
  • ख+

काठमाडौंः कोरोनाविरुद्धको खोप लगाउनका लागि भारत सरकारले अनुदानमा दिने १० लाख डोज भ्याक्सिन बिहिबार नेपाल भित्रँदैछन् ।


भारतीय कम्पनी सिरम इन्ष्टिच्युट तथा अन्यत्रबाट समेत खोप खरिद गर्ने तयारी भएका बेला पहिलो चरणमा भने भारतले अनुदानमा दिन लागेका खोप भित्रन लागेको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको १० लाख डोज खोप बिहिबार आउने र बाँकी खरिद प्रक्रिया पनि अघि बढ्दै गरेको बताए ।


खरिदकै विषय नटुंगेका बेला भारत सरकारले दिएको अनुदानलाई स्वास्थ्य मन्त्री त्रिपाठीले ‘अमूल्य उपहार’ भनेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्