दमौली: नेपाली कांग्रेसको तरुण विभाग सदस्य पूर्ण गुरुङ तरुण दलको गण्डकी प्रदेश संयोजक चयन भएका छन् ।
तरुण विभाग प्रमुख शंकर भण्डारीले सातवटै प्रदेश संयोजक तोक्ने क्रममा तनहुँका गुरुङलाई प्रदेशको जिम्मा दिएका हुन् ।
गत संसदीय निर्वाचनमा उनी कांग्रेसका तर्फबाट संघीय समानुपातिक उम्मेदवार थिए ।











