दमौली अस्पतालमा अब २४ सै घण्टा बिजुली

  • ख-
  • ख+

दमौलीः जेनेरेटर नभएका कारण विद्युत जाँदा सेवा दिन हुने कठिनाई अब नआउने दमौली अस्पतालले जनाएको छ ।

गण्डकी प्रदेश सरकारअन्र्तगत सामाजिक विकास मन्त्रालयको सहयोगमा अस्पतालले हालै चार सय १५ भोल्टेज क्षमताको जेनेरेटर ल्याएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए ।


‘अहिलेसम्म जेनेरेटर नभएकाले लाइन गएका बेला उपचारमा समसया थियो,’ उनले भने,‘अब त्यो समस्या टरेको छ ।’
डायलसिस केन्द्रमा जेनेरेटर रहे पनि केन्द्रका लागि मात्र उपयोग हुने भएकाले अब आफ्नै जेनेरेटर भए पछि २४ सै घण्टा सेवा दिन कठिनाइ नहुने अस्पतालको भनाई छ ।

विगतमा लोडसेडिङका समयमा अस्पतालमा उपचारमा कठिनाइ हुने गरेको थियो ।
करिब १२ लाख लागतमा जेनेरेटर खरिद गरेर मंगलबार ल्याइएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी