दमौलीमा अब पिक आवरमा ‘मालबाहक’ नभित्रने

  • ख-
  • ख+

दमौलीः दमौलीमा अब विहान नौ बजेबाट साढे १० तथा दिउँसो तीन देखि पाँच बजेसम्म मालवाहक सवारी प्रवेश गर्न नपाउने भएका छन् । यस अघि पनि मालवाहक सवारीलाई बजार प्रवेशको सीमा तोकिएको भए पनि कोरोना संक्रमणका कारण लकडाउन खुलेयता आवतजावतमा कुनै सीमा तोकिएको थिएन ।


तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई समितिले आयोजना गरेको एक कार्यक्रममा सहभागी व्यवसायी, ट्राफिक तथा व्यवसायिक अगुवाबीचको छलफलपछि नयाँ समय निर्धारण गरिएको हो ।

एकाई समितिका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले यातायात पिक आवरका समयमा आगमत प्रभावित भए पछि छलफल डाकेर निर्णय गरिएको बताए । ‘बजारको आगमनमा समस्या नपर्ने गरी समय तोक्न सहमति बनेको छ,’ उनले भने ।


कार्यक्रममा सहभागी प्रहरी तथा ट्राफिक अधिकारीले व्यवसायी आफैंले सहमति गरेर समय दिनु उपयुक्त भएको बताएका थिए ।


कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले बजारको व्यवसाय र मानिसको आवतजावत दुवैलाई सम्बोधन गरेर समय निर्धारण गर्न सुझाव दिएका थिए ।


कार्यक्रममा व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठ, प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेना, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, महासचिव इमकुमार मल्ल, एकाई उप सभापति शुकनारायण मल्ल, सचिव दधिराज घिमिरे, अधिकृत विक्रेता संघका प्रतिनिधिलगायतले आ आफ्नो तर्फबाट सुझाव दिएका थिए ।


ट्राफिक प्रमुख रेशम रानाभाटले व्यवसायीको सहयोग भए पछि नियम लागु गर्न सहजता हुने विश्वास व्यक्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी