आयुर्वेद अध्यक्ष बस्नेतको पदबहाली

  • ख-
  • ख+

दमौली
भदौ १५

आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका अध्यक्ष देवीबहादुर बस्नेतले पदबहाली गरेका छन् ।
गण्डकी प्रदेश सरकारबाट अध्यक्षको जिम्मेवारी पाएका बस्नेतसहित व्यवस्थापन समितिका सदस्यहरु तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, व्यास नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठ र सन्तोष सुर्खालीले पदस्थापन गरेका हुन् । केन्द्र प्रमुख डा. रामप्रवोध मण्डल भने सदस्य सचिव छन् ।


प्रतिनिधि सभा सदस्य केदार सिग्देलसहित नेकपा नेताहरु र सरोकारवालाको उपस्थितीमा भएको कार्यक्रममा अध्यक्ष बस्नेतले प्रभावकारी ढंगबाट सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी