पत्रकार ज्ञवालीको सर्ट मुभी ‘एक लभर’ सार्वजनिक (चलचित्रसहित)

  • ख-
  • ख+

काठमाडौंः रंग पत्रकार रामजी ज्ञवाली निर्देशित लघुचलचित्र ‘एक लभर’ सार्वजनिक भएको छ ।
नेपालीमाझ बढिरहेको वैदेशिक रोजगारी र त्यसले प्रेम सम्बन्धमा ल्याएको दरारलाई आधा घण्टा घण्टा लामो चलचित्रले पस्कन खोजेको छ ।


प्रेमीको खर्चमा अष्ट्रेलिया पुगेर पछि उसैलाई धोका दिएको विषयवस्तु चलचित्रमा उठाइएको छ ।
एक महिना लामो छायांकनपश्चात तीन महिनामा तयार चलचित्रको वल्र्ड प्रिमियर गरिएको निर्माता दुर्गाप्रसाद ज्ञवालीले बताए । ‘चलचित्र सन्देशमूलक छ,’ उनले भने ।


निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखनमा तयारी चलचित्रमा अभिनेता शाहिल खान, अभिनेत्री अनुपमा भण्डारी, कलाकारहरु राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय रहेको छ ।

राम्रो इन्टरटेनमेन्टको सह–निर्माता रहेको चलचित्रका प्रमुख सहायक निर्देशक आर्यन अधिकारी हुन् । सन्दिप रसाइलीको म्युजिक तथा लिरिक्स रहेको गीतमा असिम केसीको स्वर रहेको छ ।

एलिस कार्कीको ब्याकग्राउण्ड म्युजिक, बसन्त घर्ती मगरको भिएफएक्स, नगीना श्रेष्ठको मेकअप रहेको चलचित्र वाइड क्यानभास फिल्मस् प्रोडक्सनलेकाम गरेको हो । चलचित्रको पोस्टर डिजाइनर विजय बस्याल हुन् । राजेन्द्र मोक्तान कलरिस्ट रहेको चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् भने शाहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।


यस अघि पनि लघु चलचित्र निर्माण गरिसकेका निर्देशक ज्ञवालीले रिलिज भएको छोटो समयमै प्राप्त प्रतिक्रियाले हौसला मिलेको बताए । ‘धेरै आशलाग्दो प्रतिक्रिया मिलेको छ,’ उनले भने,‘थप अघि बढ्न मद्दत पुग्ने आशा छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी