खनालको पहलमा गुरुङलाई ह्विलचियर

  • ख-
  • ख+

दमौली: राष्ट्रिय अपांगता पुनस्र्थापना समाज नेपालको सहयोगमा तनहुँको भानु १ सालबिस्नेका शारिरिक अशक्ततता भएका ६० वर्षका मनिराम गुरुङलाई ह्विलचियर सहयोग गरिएको छ ।


जेसिआई व्यास नगरका अध्यक्ष एवं कांग्रेस युवा नेता लक्ष्मीभक्त खनालको पहलमा ह्विलचियर सहयोग गरिएको हो । गुरुङको घरमै पुगेर सहयोग गरिएको थियो । खनालकै पहलमा केही समय अघि देवघाटका दुई अपांगता भएका व्यक्तिलाई संस्थसाले सहयोग गरेको थियो ।


आरामदायी र सुविधाजनक ह्विलचियरले आवतजावतमा सघाएको भन्दै गुरुङले खुशी प्रकट गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी