जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री

  • ख-
  • ख+

ऋषिङ्ग: ऋषिङ्ग गाउँपालिका वडा नं ८ स्थित शिव सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले आफ्नी छोरी चाँदनी श्रेष्ठको जन्मदिनको अवसर पारेर शिव सरस्वती माविमा शैक्षिक सामग्री वितरण गरेका हुन् ।

विद्यालयका जेहेन्दार १० विद्यार्थीका लागि कापी कलम लगायतको शैक्षिक सामग्री
वितरण गरिएको हो । जन्मदिनमा वार्षिक रुपमा निरन्तर सामाजिक कार्यमा सहयोग गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।

हरेक जन्मदिनमा विद्यालयमा शैक्षिक सामग्री तथा विद्यार्थीको शैक्षिक समस्यामा सहयोग गरिरहने समेत श्रेष्ठले बताए ।

विद्यालयका प्रधानाध्यापक शिक्षकहरु तथा विद्यार्थीको उपस्थितिमा शैक्षिक ती सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालले शैक्षिक सामग्री वितरण गरिनु उदाहरणीय रहेको बताउँदै पूर्व विद्यार्थीले आफ्नो विद्यालयलाई सम्झेकोमा धन्यवाद दिँदै उज्वल भविष्यको कामना गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्