गण्डकी प्रदेश सरकारलाई सांसद डोवाटे विकको प्रश्न,‘अस्पताल त खुल्यो उपकरण खै ?’

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेश सभा सदस्य डोवाटे विकले कोभिडका कारण गण्डकी प्रदेशमा ज्यान गुमाउने क्रम बढिरहेको भन्दै उपचार व्यवस्था राम्रो नभएकोमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।


तनहुँका नेपाली कांग्रेसका सभासद विकले संसद बैठकमा कोरोनासम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिंदै कोरोनाको उपचारका लागि अस्पताल स्थापना तथा व्यवस्थापन लिएको भनेर सरकारले तथ्यांक पेश गरे पनि त्यसमा उपकरण र जनशक्ति नहुँदा मानिसले ज्यान गुमाउने अवस्था आएको र उपचार महँगो भएको गुनासो गरे ।
‘अस्पताल त खोलियो तर आवश्यक उपकरण छ कि छैन, सरकारले हेरेको छ ?’ उनले प्रश्न गरे ।


गरिब मान्छे जटिल बिरामी परे के होला ?
तनहुँका कांग्रेस पूर्व सभापति रघुनाथ पौडेलको उपचारको प्रसँग कोट्याउँदै उनले पोखरामा भएको एक निजी अस्पतालमा उपचार नभएर जटिल अवस्था आए पछि हेलिकोप्टरबाट काठमाडौं लग्दा मात्र चार लाख ६० हजार खर्च भएको र उपचारमा झन् खर्च भएको भन्दै गरिब मानिसका लागि कसरी उपचार होला भन्दै प्रश्न गरे ।

‘भएका अस्पतालमा उपकरण र जनशक्ति छैनन्,’ उनले भने,‘हेरालुका लागि पनि व्यवस्था छैन । गरिब मान्छे जटिल बिरामी परे के होला ?’


शुक्लागण्डकी अस्पताल व्यवस्थापन समिति सदस्य नारायण सिग्देलको समेत ज्यान गएको प्रसंग कोट्याएका उनले भने,‘सबै निमुखा, गरिबसमेत २४ लाखले नै सहजरुपमा सेवा सुविधा र उपचार पाउन् ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी