कालिका मन्दिर क्षेत्रमा ‘ सिरिन्जको थुप्रो’

  • ख-
  • ख+

व्यास युवा क्लबले गर्यो सफाई

दमौली: व्यास ४ स्थित तनहुँ कालिका मन्दिर क्षेत्रमा लागू पदार्थ प्रयोगकर्ता बढेको पाइएको छ । उनीहरूले फाल्ने सिरिन्ज कालिका जंगल पार्क क्षेत्रमा फालिएको अवस्थामा भेटिएको छ ।

व्यास युवा क्लबले मन्दिर परिसरको सफाई गर्ने क्रममा सिरीन्ज फालिएको अवस्थामा भेटिएको सचिव मनोज राउतले जानकारी दिए । ‘ लागू औषध प्रयोगकर्ताको संख्या बढेको देखिएको छ, ‘ उनले भने,’ प्रहरी प्रशासनको ध्यान जानु आवश्यक देखिएको छ । ‘

क्लबका अध्यक्ष मीनबहादुर गुरुङ ‘ चरीबाबा’ को नेतृत्वमा गरिएको सरसफाइका क्रममा १२ बोरा फोहोर संकलन गरिएको थियो ।

जसमा अधिकांश सीरिन्ज र लागुऔषधको खोल भेटिएको क्लबका पदाधिकारीको भनाई छ । आगन्तुकले समेत फोहोर फाल्न राखिएको डस्टबिनको प्रयोग नगरेको पाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी