गुड्दा गुड्दैको ट्रकमा भीषण आगलागी यसरी निभाइयो(भिडियो सहित)

  • ख-
  • ख+

दमौली: व्यास १२ देउरालीमा ट्रक आगलागी भएको छ।
पोखरामा सिमेन्ट पुर्याएर फर्केको लु २ ख ११९ नम्बरको मालवाहक ट्रक आगलागीमा परेको हो ।


आगलागीबाट ट्रकको अगाडिको भागपूर्ण क्षति भएको छ।
विहान करिब सवा ५ बजे भएको घटना पछि चालक सडकमा झरेका थिए ।


स्थानीय, प्रहरी तथा दमकलको टोलीले आगो निभाएको थियो ।
वायरिङ सर्ट भएकाले आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।


घटनामा चालक र सहयोगी पहिल्यै गाडीबाट ओर्लिएका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्