गण्डकी त्रिभुवन आर्मीसँग पराजित, तनहुँका समीरको ५० रनको योगदान

  • ख-
  • ख+

दमौलीः बिहिबारबाट राजधानीमा शुरु प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट गण्डकी प्रदेशका लागि सुखद् नभए पनि तनहुँका एक खेलाडिका लागि भने प्रतिभा देशमाझ चिनाउने अवसर बनेको छ ।


पोखरामा भएको छनौट प्रतियोगितामार्फत गण्डकी प्रदेशको टिममा छानिएका दमौलीका समीर कँडेलले प्रतियोगितामा बलियो त्रिभुवन आर्मी क्लबविरुद्ध व्यक्तिगत ५० रनको स्कोर गरेका छन् ।

पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगितामा खेल देखाउने अवसर पाएका उनले टिम हारे पनि खाडल कम गर्न मद्दत गरे । टिमका एक सदस्य आउट भए पछि अवस्था सम्हाल्न पुगेका उनले धर्मराउँदो टिमको बलिङलाई बलियो क्लब नेपाल आर्मीसामु जोगाउन भरमग्दुर प्रयत्न गरे ।


‘टिमले नजिते पनि पहिलो राष्ट्रिय खेलमा सकेको राम्रो प्रदर्शन गनँ पाउँदा खुशी लागेको छ,’ उनले भने । उनले कोभिड अघिको केही समय भारतमा क्रिकेट प्रशिक्षण लिएर आएका थिए ।
प्रतियोगितामा व्यास १० बैरेनीका चन्द्रकान्त पौडेलले ६३रन खर्च गरे ।


प्रतियोगितामा गण्डकी आर्मीसँग ९८ रनले पराजित भएको थियो । उसले ५० ओभरमा ६ विकेटको क्षतिमा दुई सय ८७ रन बनाउँदा गण्डकीले ४८ ओभरमा १० विकेटको क्षतिमा एक सय ९० रन बनाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी