
दमौलीः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको कदमको विरोधमा देशव्यापी आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले शनिबार देशैभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ ।
तनहुँका १० वटै तहमा विरोध प्रदर्शन गर्ने तयारी गरिएको पार्टी कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए । ‘हाम्रा सभा र कार्यक्रमहरुमा नागरिकको बाक्लो उपस्थिती छ,’ उनले भने,‘शनिबारको सभा पनि सफल हुने आशा लिएका छौं ।’
व्यास नगरपालिकाको केन्द्र दमौलीमा कांग्रेसले गर्ने विरोध प्रदर्शन मुख्य हुनेछ । कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द भट्टराईले सम्बोधन गर्दैछन् । यसैगरी केन्द्रीयस्तरका अर्का नेता आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले भीमादमा हुने सभामा सम्बोधन गर्नेछन् ।
पार्टीले अन्य तहमा जिल्लास्तरका नेताहरुलाई सम्बोधनको मुख्य वक्ता तोकेको छ । पार्टी कार्यालय सचिव राजेन्द्र अर्यालका अनुसार तनहुँका १० वटा तहमा कांग्रेस सभाका मुख्य वक्ताहरु निम्नानुसार रहने गरी जिम्मेवारी तोएिको छ ।
कांग्रेसले सम्बोधनका लागि जिम्मेवारी दिएका नेताहरु
व्यास नगरपालिकाः गोविन्द भट्टराई (केन्द्रीय सदस्य)
भिमाद नगरपालिकाः धु्रव वाग्ले (आमन्त्रित केन्द्रीय सदस्य)
भानु नगरपालिकाः बैकुण्ठ न्यौपाने (जिल्ला सभापति)
शुक्लागण्डकी नगरपालिकाः जीतप्रकाश आले (कार्यवाहक जिल्ला सभापति)
म्याग्दे गाउँपालिकाः रामचन्द्र पोखरेल (संविधानसभा सदस्य)
आँबुखैरेनी गाउँपालिकाः लक्ष्मी आचार्य (जिल्ला सचिव)
बन्दीपुर गाउँपालिकाः रामचन्द्र अधिकारी (महासमिति सदस्य)
घिरिङ गाउँपालिकाः राजेन्द्रकृष्ण श्रेष्ठ (क्षेत्रीय सभापति)
ऋषिङ गाउँपालिकाः झुलबहादुर आले (संविधान सभा सदस्य)
देवघाट गाउँपालिकाः पूर्णबहादुर गुरुङ (पूर्व केस, नेपाल तरुण दल)