गायक वसन्त विकको ‘भागुम् मायालु’ सार्वजनिक

  • ख-
  • ख+

दमौलीः तनहुँका लोक गायक वसन्त विकले ‘भागुम् मायालु’ गीत सार्वजनिक गरेका छन् । युट्युबमार्फत सार्वजनिक गीत लोक आधुनिक शैलीको छ ।


लोक लयमा निकै चर्चित बनेको ‘मुना मुनामा’ तथा कुखुराको भालेपछि विकले आफ्नै शब्द र संगीतमा गायिक रचना रिमालसँगको संयुक्त आवाजमा नयाँ गीत ल्याएका हुन् ।
आफ्नै च्यानलबाट सार्वजनिक भिडियोको निर्देशन समेत विकले नै गरेका छन् ।


कृष्ण विकको एरेन्ज रहेको गीतले दर्शकको मन जित्ने अपेक्षा विकको छ ।
दमौली एफएमको हाम्रो मादल हाम्रै सारंगी कार्यक्रममार्फत लोक गायन क्षेत्रमा प्रवेश गरेका विक चार वर्षयता राजधानीमा गायन क्षेत्रमा संघर्षरत छन् ।

विकका लोक दोहोरी, रोईला लगायतका गीत चलेका छन् । चर्चित गायक गायिकासँग समेत स्वर मिसाएका विकले देशका विभिन्न भागमा हुने कार्यक्रमहरुमा प्रस्तुती दिंदै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी