दमौली खुला मैदानमा साताव्यापी योग शिविर शुरु

  • ख-
  • ख+

दमौलीः राष्ट्रिय योग दिवसका अवसरमा दमौलीमा साताव्यापी योग शिविर शुरु भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा दमौली अनशन चौतारास्थित खुला मैदानमा शुरु शिविरमा पतन्जली योगपीठका प्रशिक्षक परमानन्द भण्डारीले साता दिनसम्म निःशुल्क योग प्रशिक्षण दिनेछन् । उनले योगका कारण धेरै स्वास्थ्यका खराबी कम गर्न सकिने बताउँदै योग विधि सिकाएका थिए ।

शिविरको उद्घाटन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले मानव स्वास्थ्यका लागि योगको महत्व अधिक रहेको बताए ।

योगपीठसहित ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र तथा जीवन विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा आयोजित शिविरको उद्घाटनका क्रममा आयुर्वेद केन्द्र तनहुँका प्रमुख डा. रामप्रबोध मण्डलले आधुनिक चिकित्सा विज्ञानको विकास भए पनि प्राचीन आयुर्वेद र योग पद्धतीले मानिसको धेरै स्वास्थ्य समस्या कम गर्ने बताए ।


ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी यमुना, पतन्जली योगपीठ तनहुँका अध्यक्ष शिवराज काफ्ले तथा जीवन विज्ञान प्रतिष्ठान तनहुँका सुरेश पुरीले योग शिविर सबैका लागि उपयोगी भएको भन्दै सञ्चालनका लागि सहकार्य गरेको बताए ।

शिविरमा दमौलीका विभिन्न भागबाट आएका व्यक्तिहरु सहभागी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी