पृथ्वीको ‘पछ्यौरी ओढौंला’ सार्वजनिक

  • ख-
  • ख+

दमौलीः तनहुँका लोक तथा दोहोरी गायक पृथ्वी भुजेलको नयाँ लोक दोहोरी गीत ‘पछ्यौरी ओढौला’ सार्वजनिक भएको छ । लाहुरे गाउँमा आउँदाको रमाईलो तथा रोदीमा नाचगान गर्नेको भागी बिहेजस्ता कथा गीतमा समावेश गरिएको छ ।


गायक भुजेलकै शब्द तथा संगीत रहेको छ भने उनीसँगै सरु श्रेष्ठ र सन्तराज विकले गायनमा साथ दिएका छन् ।


चर्चित मोडल अनु पराजुली ,पृथ्वी भुजेल र साजन मग्रातिको अभिनय छ ।
गीतको भिडियो तनहुँको प्रसिद्ध होम स्टे कुलुङ होम स्टेमा छायांकन गरिएको छ ।
गोपाल थापाको निर्देशन तथा विपिन क्षेत्रीको छायांकनमा बनेको गीतमा डोलराज बार्हघरे मगरको संगीत संयोजन छ ।


मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ सुमन राना तथा खुमन रानाको ध्वनि संयोजन छ । गीतको बजार व्यवस्थापन सीड इन्टरटेनमेन्टले गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी