बाबुराम दमौली आउने

  • ख-
  • ख+

दमौली: जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई दमौली आउने भएका छन् । बिहिबार दमौली आउने उनी पार्टी कार्यकर्ता भेटघाटमा सहभागी हुनेछन् ।

पार्टी केन्द्रीय सदस्य देवेन्द्र थापाका अनुसार भेटमा जिल्लामा पार्टीको संगठन विस्तार तथा विविध विषयमा भट्टराई र जिल्ला नेतृत्वबीच विचार विमर्श हुनेछ ।


पछिल्लो समय संसदमा तेश्रो ठूलो शक्ति बनेको दलले देशैभर संगठन विस्तारमा जोड दिंदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्