अवैध गिटीबालुवा झिक्ने एक्साभेटर र टिपरलाई एक लाख ८० हजार जरिवाना

  • ख-
  • ख+

दमौलीः अवैध ओसारपसारमा संलग्न भन्दै तनहुँ प्रहरीले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका आठवटा टिपर तथा एक एक्साभेटरलाई एक लाख ८० हजार जरिवाना तिराइएको छ ।


गत पुष २७ गते तनहुँ भिमाद नगरपालिका ५ पाटनखोला खोलाबाट गिटीबालुवा झिक्दै गरेको बा २ क ८६९३ नं. को एक्साभेटर तथा ओसारपसारमा संलग्न सात टिपरलाई भीमाद नगरपालिकामा बुझाइएकामा एक लाख ७० हजार जरिवाना तिराइएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।

ती साधनलाई ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।


यसैगरी, सोही दिन व्यास नगरपालिका वडा नं. १ गल्बुवेशीमा अवैध रुपमा लोड गरिएको नदीजन्य पदार्थ लिएर हिंडेको ना ८ ख ३५०७ नं. को टिपरलाई नियन्त्रणमा लिएर व्यास नगरपालिका बुझाइएकामा १० हजार जरिवाना भएको पनि प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी