ऋषिङ गाउँसभाको निर्णयः अपांग र ज्येष्ठ नागरिकका लागि सबै सिफारिस शुल्क मिनाहा

  • ख-
  • ख+


ऋषिङ: ऋषिङ गाउँपालिकामा अब ७० वर्ष कटेका ज्येष्ठ नागरिकका लागि कुनै पनि सिफारिस लिंदा शुल्क नलाग्ने भएको छ । मंगलबार सम्पन्न गाउँ सभाले यस्तो निर्णय गरेको हो ।


गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न गाउँसभाले अपांगता भएका नागरिकलाई पनि यस्तो सुविधा दिने निर्णय पनि गरेको प्रवक्ता विजय दरैले जानकारी दिए ।

सभामा गाउँपालिका भित्रका अध्यक्ष तथा कार्यपालिका सदस्य एवम् गाउँसभा सदस्यहरुले भईरहेका बिकास निर्माण तथा गाउँपालिकाले थप बिकासमा अपनाउने रणनीतिको बारेमा चासो राख्दै आफ्नो धारणा राखेका थिए ।


सभामा बोल्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले हिउँदे सभामा बिकास निर्माणमा थप बजेट नभएको र गाउँपालिका भित्रकाब आन्तरिक आयको अधिनमा बजेटहरु बिनियोजन हुने भएको सबैका माग पुरा नभए पनि आवश्यकताको आधारमा महत्वपूुर्ण कार्यहरुलाई प्राथमिकतामा राखि कायृसम्पादन गरिने जानकारी दिए ।


गाउँपालिकाभित्र रहेका कर्मचारी तथा जनप्रतिनिधिहरुको सेवा सुविधाका सवालमा गाउँपालिका उदार रहेको र जनताको कामहरुमा समर्पित हुनको लागी कुनै किसिमको कसर नराख्ने पनि अध्यक्ष श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी