हिरासतको व्यक्ति छुटाउन १० हजार घुस !

  • ख-
  • ख+

बेलचौताराः हिरासतको व्यक्ति छुटाउन १० हजार रुपैयाँ घुस लिएको भन्दै अख्तियारले ईलाका प्रहरी कार्यालय बेलचौताराको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारीलाई नियन्त्रणमा लिएको छ ।


कार्यालयले नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिए बापत बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागेको उजुरी तथा गोप्य सूचनाका आधारमा सेवाकेन्द्रमै रकम लिइसकेको अवस्थामा हवल्दार भण्डारीलाई रंगेहात नियन्त्रणमा लिएर छानविन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।

सवारी दुर्घटनासम्बन्धी एक मुद्दामा नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाउन रकम माग गरिएको श्रोतले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी