अब ११ मा नयाँ पाठ्यक्रम

  • ख-
  • ख+

काठमाडौंः कक्षा ११ र १२ को पाठ्यक्रममा लामो समय देखिको अन्योल अब टरेको छ ।
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट लामो समयपछि सर्वोच्चले खारेज गरेसँगै पाठ्यक्रम विकास केन्द्रले लागु गर्ने तयारीमा राखेको नयाँ पाठ्यक्रम नै लागु हुने भएको छ ।


अनलाईन खबरमा प्रकाशित समाचारका अनुसार सर्वोच्च प्रवक्ता भद्रकाली पोखरेलले न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएका छन् ।


भागवत अर्यालले दायर गरेको रिटका कारण लामो समयसम्म नयाँ कि पुरानो कुन पाठ्यक्रम लागू गर्ने भन्ने अन्यौल विद्यालयहरुमा कायम थियो । अब पाठ्यक्रम विकास केन्द्रकै निर्णय कार्यान्वयन हुने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी