बन्द घरमा समय मृत भेटिए

  • ख-
  • ख+

आँबुखैरेनीः तनहुँको आँबूखैरेनी गाउँपालिका २ नारीघाट स्थित एक घरमा ५५ वर्षका पुरुष मृत भेटिएका छन् ।


सात वर्षदेखि स्थानीय धनराज गुरुङको जीर्ण अवस्थाको घरमा बस्दै आएका ठेगाना नखुलेका ५५ वर्षका समय निरौला मृत भेटिएका हुन् ।


दुई दिन देखी ढोका नखोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दाको रोहबरमा ढोका खोल्दा उनी मृत भेटिएको र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी