डुम्रे बजार २५ गतेसम्म बन्द

  • ख-
  • ख+

डुम्रे भाद्र १५
भानु नगरपालिकामा निषेधाज्ञा थप भएको भोलिपल्ट बन्दीपुरको डुम्रे बजारका व्यवसायीले १० दिन थप बजार बन्द गराउने घोषणा गरेका छन् । डुम्रेमा बसेको स्थानीय र व्यवसायीको भेलाले डुम्रेमा कार्यरत व्यक्तिमा पनि संक्रमण देखिएको र भानु नगरपालिकामा पनि संक्रमण फैलिएकाले २५ गतेसम्मका लागि बजार बन्द गराउने निर्णय गरेको हो । बन्दीपुर १ र ४ मा पर्ने बजार क्षेत्र बन्द गर्ने निर्णयमा उल्लेख छ ।

डुम्रे बजार


तनहुँ उद्योग वाणिज्य संघका नेतृत्वमा रहेका व्यवसायीको समेत सहभागीतामा गरिएको भेलापछि बजार बन्द गर्ने निर्णय सुनाइएको थियो । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार एकाईका सभापति नेक महमद मियाँले जोखिम बढिरहेकाले बजार बन्द गराउने निर्णय गरिएको बताए । ‘अलि समय सबै बजार बन्द गर्ने निर्णय भएको छ,’ उनले भने,‘यसमा सघाउन बन्दीपुुर गाउँपालिकालाई पनि अनुरोध गरेका छौं ।’


तनहुँ उद्योग वाणिज्य संघका कार्य समिति सदस्य एवं एकाईका निवर्तमान सभापति राजेन्द्र पियाले संक्रमणबाट जोगिनका लागि बजार बन्द गर्ने निर्णय भएको भन्दै पालनाका लागि सबैसँग आग्रह् गरे । ‘नियम पालना नगरेमा प्रचलित नियमअनुसार कारवाही गर्न स्थानीय निकाय र प्रशासनलाई अनुरोध गरेका छौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्