सत्यवतीका ७३ बालबालिकालाई व्यास २ द्वारा स्विटर वितरण

  • ख-
  • ख+

दमौलीः सत्यवती माविमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका ७३ जना छात्रछात्राहरुलाई स्विटर वितरण गरिएको छ ।
व्यास २ वडा कार्यालयले विद्यालयमा कार्यक्रम गरी स्विटर वितरण गरेको हो ।


वडा अध्यक्ष काशीराम श्रेष्ठको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य कल्पना पोखरेल, वडा सदस्यहरु टुकबहादुर हमाल र राधिका परियार, शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र सापकोटा, प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल, सहायक प्रधानाध्यापक अनिल श्रेष्ठसहित शिक्षक तथा कर्मचारी एवं विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी