ऋषिङ म्याराथनमा साढे २ सय सहभागी हुँदै

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाले आफ्नो पर्यटकीय प्रवद्र्धनका लागि भन्दै आयोजना गरेको प्रथम ऋषिङ म्याराथन प्रतियोगितामा उत्साहजनक सहभागीता हुने देखिएको छ। । सोमबार हुने प्रतियोगिताको अघिल्लो दिन आईतबारसम्म एक सय २५ ले खुलातर्फको प्रतिस्पर्धामा नाम लेखाएका छन् ।


यसैगरी, महिलातर्फ ५० तथा स्थानीय रुटका लागि ९२ बढीले नाम दर्ता गराएको प्रतियोगिताका दर्ता संयोजक दानबहादुर श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता हुनुपूर्व गाउँपालिकाले आईतबार खेलाडिहरुलाई नियमका बारेमा जानकारी गराएको थियो ।


प्रतियोगितामा चर्चित ओलम्पियन धावक बैकुण्ठ मानन्धरसँगै पहिलो साउथ एसियाली पदक विजेता जीतबहादुरको पनि उपस्थिती रहनेछ ।


प्रतियोगिताको संंविधान सभासद झुलबहादुर आलेले उद्घाटन तथा पूर्व मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले विजेतालाई पुरस्कार प्रदान गर्नेछ ।

प्रतियोगिताअन्र्तगत खुला, महिला तथा स्थानीयका लागि बेग्ला बेग्लै रुट र पुरस्कारको व्यवस्था गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।


पहिलो खुल्ला म्याराथन ४२.२ किलोमिटरको दूरी रहेको र यसमा प्रथम हुनेले ६५ हजार, द्धितीय हुनेले ४० हजार, तृतीय हुनेले २५ हजार र सान्त्वना हुने ३ जनाले जनही १० हजारका दरले नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यो दौडमा भाग लिने प्रतिस्पर्धीले गाउँपालिकाको गढी डाँँडा, रानीपोखरी, गाउँपालिका कार्यालय, पोखरीभञ्ज्याङ्ग, गोठादी, ढुँङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीवास,दाङसीरी र अन्तिम विन्दू दुवुङकोटको म्यूटावरसम्म दौडनुपर्नेछ ।

स्थानीय दौडको रुट
प्रतियोगिताअन्र्तगत स्थानीय म्याराथन ८ किलोमिटर दूरीको रहेको छ । यसमा प्रथम हुनेले १५ हजार, द्धितीय हुनेले १० हजार, तृतीय हुनेले ६ हजार र सान्त्वना हुने एक जनाले २ हजार नगद पुरस्कार पाउनेछन् ।

यो दौडको रुट भने ऋषिङको गढीडाँडा, रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खला छाप, केउराडी र ज्यामिरेमाई मन्दिर रहेको छ ।

र, अर्को महिला सर्ट म्याराथनमा ४ किलोमिटरको दूरी पार गर्नुपर्नेछ । यसमा प्रथम हुनेले १० हजार, द्धितीय हुनेले ८ हजार, तृतीय हुनेले ५ हजार र सान्त्वना हुनेले २ हजार रुपैया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी