संसद पुनर्स्थापना वा चुनाव दुवैका लागि कांग्रेस तयार: भट्टराई

  • ख-
  • ख+

बाइसजाँगर: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेस संसद पुनर्स्थापना वा चुनाव दुवैका लागि तयार रहेको बताएका छन् ।

भानु नगरपालिकाको बाइसजाँगरमा आयोजना गरेको सरकारविरुद्धको प्रदर्शनमा बोल्दै उनले संविधान र लोकतन्त्रको रक्षा कांग्रेसको मूल कर्तव्य भएको भन्दै त्यसका लागि सर्वोच्च अदालतले दिने फैसला मान्ने बताए ।

‘ कांग्रेस चुनावमा जान लाग्यो र सरकारको कदममा हाम्रो साथ छ भन्ने आरोप पनि लागेको छ,’ उनले भने, ‘ तर हाम्रो यसमा कुनै हात छैन। यो नेकपाको शक्ति संघर्ष, पैसा र विदेशीको प्रभावमा चालिएको छ ।’ उनले देशमा अस्थीरता चाहने विदेशी शक्तिले संसद विघटनको घटनामा भूमिका खेलेको आशंका गरे ।


क्षेत्रीय सभापति काशीराम श्रेष्ठको सभापतित्वमा भएको सभामा सम्बोधन गर्दै संविधान सभा सदस्य रामचन्द्र पोखरेल, जिल्ला सचिव लक्ष्मी आचार्य महासमिति सदस्य, आनन्दराज त्रिपाठी, जिल्ला समन्वय समिति प्रमुख शान्ति रमण वाग्ले लगायतले सम्बोधन गरे ।

कांग्रेसको आयोजनामा खैरेनीटारमा भएको सभालाई अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल, आँबुखैरेनीमा भएको सभामा पार्टी सभापति वैकुण्ठ न्यौपाने तथा घिरिङमा भएको सभामा कार्यवाहक सभापति जीताप्रकाश आले लगायतले सम्बोधन गरेका थिए ।देशैभर प्रदेश निर्वाचन क्षेत्र केन्द्रीत गरेर कांग्रेसले विरोध सभा गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी