राजसंस्थाको अभिभावकत्व नहुँदा मूलुकमा लुटतन्त्रः कमल थापा

  • ख-
  • ख+

दमौली: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थाको अभिभावकत्व नहुँदा देशमा विदेशी चलखेल बढेको आरोप लगाएका छन् ।

विगतमा राजसंस्थाको छत्रछायाँमा मूलुक रहँदा कुनै पनि किसिमको हस्तक्षेप नभएको दाबी गर्दै उनले राजसंस्था हटेपछि परम्परागत संस्कृतिमाथि आक्रमण र भ्रष्टाचार पनि बढेको आरोप लगाए ।


पार्टीले दमौलीमा शुक्रबार गरेको पार्टी एकिकरणपछिको झण्डोत्तलन तथा चुनाव चिह्न अनावरण कार्यक्रममा बोल्दै उनले देशमा लोकतन्त्रको नाममा दलहरुले लुटतन्त्र मच्चाएको आरोप लगाए ।


उनले लोकतन्त्रका नाममा सर्वसत्तावाद बढेको भन्दै देशमा संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको बाटो गलत प्रमाणित भएको आरोप लगाए ।


‘चीन र भारतको बीचको मूलुक नेपालमा अन्तको जस्तो प्रजातन्त्रले काम गर्दैन,’ उनले भने,‘भूगोल सुहाउँदो प्रजातन्त्र जरुरी छ ।’ उनले राजसंस्थासहितको प्रजातन्त्र नै मूलुकको रक्षा तथा धर्म र संस्कृतिको संरक्षणका लागि आवश्यक रहेकोमा जोड दिए ।


राप्रपा जिल्ला अध्यक्ष विनोद घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष दुर्गा श्रेष्ठ, कार्य सम्पादन समिति सदस्य राजेन्द्र अधिकारी, केन्द्रीय सदस्य गौकुमारी श्रेष्ठलगायतका नेताहरुको उपस्थिती थियो । अब यससँगै तनहुँमा एकिकृत कार्य समितिले विधिवत काम थालेको छ ।


कार्यक्रममा पार्टीका लागि योगदान दिएका भन्दै पुराना नेता कार्यकर्तालाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी