देउरालीनगरमा पशु बधशाला सञ्चालनमा ल्याउने तयारी

  • ख-
  • ख+

दमौलीः दमौली बजार क्षेत्रमा मासु काट्नका लागि व्यास ३ देउरालीनगरमा व्यवस्थित बधशाला तयार हुन लागेको छ ।


देउरालीनगरस्थित बुल्दी खोलाको छेउमा बन्दै गरेको बधशाला र त्यहाँ जाने बाटो निर्माणको जिम्मा उपभोक्ता समितिमार्फत विष्णु निर्माण सेवाले लिएको थियो । यसअन्र्तगत करिब करिब अन्तिम चरणमा पुगेको निर्माण समितिका सचिव देव गजमेरले बताए ।


बधशाला संचालन गर्नको लागि समिति गठन गरिएको व्यास ३ का वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठले बताए । बजार क्षेत्रमा रहेका सबै पशुजन्य काटमार यसै बधशालाबाट सुरु गरिने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

बधशाला संचालनमा ल्याउन खोजिएको भए पनि तयार भैनसकेको पुल्चोक टोल विकास संस्थाका अध्यक्ष नेत्रबहादुर थापाले बताए ।

उनले भने, ‘बधशाला संचालन गर्ने भनिएको छ तर जनावर काट्दा निस्कने फोहोरको राम्रो व्यवस्थापन भैसकेको छैन । त्यो सके पछि मात्र शुरु गर्न राम्रो हुन्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्