रत्न माविका विद्यार्थीलाई टिच फर नेपालका शिक्षकले दिए एक लाखको ट्रयाक सुट

  • ख-
  • ख+

म्याग्देः स्विटरको अभावका कारण चिसोमा विद्यालय जानै छाडेका रत्न मावि मनपाङका विद्यार्थीलाई सहयोग आउने क्रम बढेको छ ।

विद्यालयका सबै विद्यार्थीलाई लायन्स क्लब अफ तनहुँ म्याग्देले सहयोग गरेको केही समयमै शिक्षाका क्षेत्रमा कार्यरत टिच फर नेपालका शिक्षक निर्भाना ठाकुर तथा उनको परिवारले एक सय २० जना विद्यार्थीलाई एक लाख पाँच हजार रुपैयाँ बराबरको ट्रयाक सुट वितरण गरेको छ ।


ठाकुर विद्यालयमै टिच फर नेपाल संस्थामार्फत निःशुल्क स्वयंसेवी शिक्षण गरिरहेकी छन् । विद्यालयमा बिहिबार एक कार्यक्रम गर्दै गाउँपालिका अध्यक्ष माया राना तथा अतिथिहरुले ट्रयाक वितरण गरे । गाउँपालिका अध्यक्ष रानाले अप्ठेरोमा परेका बालबालिकाका लागि सहयोग उदाहरणीय भएको बताइन् ।


कार्यक्रममा गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष बसन थापा, सूर्य नेपालका मानव श्रोत ब्यबस्थापक अन्जन दवाडी, गाउँ कार्यपालिका सदस्य, बद्रीका घिमिरे, गाउँपालिकाका अधिकारी प्रदीप न्यौपाने, महिला संघ सभापति कुमारी थापा, स्थानीय दिलबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ, केश बहादुर थापा लगायतको उपस्थिति रहेको विद्यालयका शिक्षक पशुपति अर्यालले जानकारी दिए ।


विद्यालयका प्रधानाध्यापक रमेशबाबु भट्टराईले बालबालिकाका लागि विभिन्न संघ संस्थाबाट सहयोग मिले पछि पठनपाठन अघि बढाउन मद्दत मिलेको भन्दै दाताप्रति आभार प्रकट गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी