कापी कलम किन्ने खर्च नभएपछि विद्यालय जान छाडेका बालबालिकालाई जेसिजको सहयोग

  • ख-
  • ख+

दमौली: अभिभावक नभएकाले आर्थिक अभावमा पठनपाठनमा समस्या भोग्दै आएका भानु २ आम्बोटेका बालबालिका एक परिवारका बालबालिकालाई जेसिआई व्यास नगरले सहयोग गरेको छ ।


आमा बाबु नभएका तथा बिरामी परेका एकै परिवारका तीन बालबालिका आर्थिक अभावमा पठनपाठनबाट बञ्चित हुँदै आएका थिए । परिवारमा जुम्ल्याहा राम, लक्ष्मण तथा उनको काकाकी छोरी श्रृष्टिले आश्रय लिइरहेका छन् ।

राम र लक्ष्मणका बाबुआमा परिवारको सम्पर्कमा छैनन् भने । श्रृष्टिकी आमा केही समययता बिरामी छन् । उनको बाबुको भने मृत्यु भएको छ ।


ज्यामी काम गर्ने हजुरबुबा मात्र घरमा कमाउने सदस्य भएको परिवारमा कापी किताब किन्नै नसके पछि उनीहरु विद्यालय जान छाडेका थिए ।

तर केही समययता एक स्थानीय शिक्षिकाको सहयोगमा पुनःविद्यालय जान थालेका बालबालिका हजुरबा तथा हजुरआमासँग बस्दै आएका छन् । पठनपाठनमा तीक्ष्ण भए पनि कमजोर आर्थिक अवस्थाका कारण समस्या परेको थाहा पाए पछि सहयोग गरेको क्लबका अध्यक्ष भरतकुमार श्रेष्ठले जानकारी दिए ।


उनको नेतृत्वमा गएको क्लब पदाधिकारीहरुको टोलीले दुई बोरा चामल, चाउचाउ, बिस्कुटसँगै लत्ताकपडा, जुत्ता र पाठ्यपुस्तक सहयोग गरेको कार्यक्रमका संयोजक अनुप दाहालले जानकारी दिए । पढाइमा तीक्ष्ण उनीहरुका लागि अझै सहयोग गर्नका लागि क्लबका अध्यक्ष श्रेष्ठले सुभेच्छुकसँग आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी