ऋषिङ म्याराथनको तयारी धमाधम

  • ख-
  • ख+

ऋषिङः पर्यटकीय प्रवद्र्धनका लागि भन्दै ऋषिङ गाउँपालिकाले यही पुष २७ गते आयोजना गरेको
प्रथम ऋषिङ म्याराथन २०७७ को काम द्रुत गतिमा अघि बढेको गाउँपालिकाले जनाएको छ ।
पहिलो पटक राष्ट्रिय तथा स्थानीयस्तर पुरुष र महिला सहभागीबीच एकै चोटि हुने दुई खालका प्रतियोगिताका कारण गाउँमा पर्यटकीय चहलपहल वृद्धि हुने अपेक्षा गाउँपालिकाको छ ।


अहिले प्रतियोगिता हुने क्षेत्रको सरसफाई तथा रुट निर्धारणअन्र्तगतका काम भैरहेका छन् । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले प्रतियोगिताले गाउँपालिकाको पर्यटकीय चिनारी राष्ट्रियस्तरमा बढाउने अपेक्षा गरिएको बताए । ‘गाउँपालिकाभरका पर्यटकीय सम्पदाको प्रचारप्रसारमा यसले भूमिका खेल्ने आशा गरेका छौं,’ उनले भने ।


गाउँपालिकाका अनुसार अहिले खुला दौडका लागि नाम टिपाउने बढेका छन् । ‘विभिन्न ठाउँबाट फोन गरेर नाम टिपाउने क्रम शुरु भएको छ,’ गाउँपालिकाका अधिकारी दानबहादुर श्रेष्ठले भने । गाउँपालिकाले स्थानीय प्रतियोगिताका लागि भने हरेक वडाबाट आउने सहभागी दर्ताको जिम्मा सम्बन्धित वडालाई नै दिएको छ ।

राष्ट्रिय दौडको रुट
पहिलो खुल्ला म्याराथन ४२.२ किलोमिटरको दूरी रहेको र यसमा प्रथम हुनेले ६५ हजार, द्धितीय हुनेले ४० हजार, तृतीय हुनेले २५ हजार र सान्त्वना हुने ३ जनाले जनही १० हजारका दरले नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यो दौडमा भाग लिने प्रतिस्पर्धीले गाउँपालिकाको गढी डाँँडा, रानीपोखरी, गाउँपालिका कार्यालय, पोखरीभञ्ज्याङ्ग, गोठादी, ढुँङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीवास,दाङसीरी र अन्तिम विन्दू दुवुङकोटको म्यूटावरसम्म दौडनुपर्नेछ ।

स्थानीय दौडको रुट
प्रतियोगिताअन्र्तगत स्थानीय म्याराथन ८ किलोमिटर दूरीको रहेको छ । यसमा प्रथम हुनेले १५ हजार, द्धितीय हुनेले १० हजार, तृतीय हुनेले ६ हजार र सान्त्वना हुने एक जनाले २ हजार नगद पुरस्कार पाउनेछन् ।

यो दौडको रुट भने ऋषिङको गढीडाँडा, रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खला छाप, केउराडी र ज्यामिरेमाई मन्दिर रहेको छ ।


र अर्को महिला सर्ट म्याराथनमा ४ किलोमिटरको दूरी पार गर्नुपर्नेछ । यसमा प्रथम हुनेले १० हजार, द्धितीय हुनेले ८ हजार, तृतीय हुनेले ५ हजार र सान्त्वना हुनेले २ हजार रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाका प्रवक्ता बिजय दराईले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी