म्याग्दे गाउँपालिकाद्वारा दिवा खाजाकाे लागि विद्यालयलाई सामाग्री हस्तान्तरण

  • ख-
  • ख+

बिकास खनाल दमौली: म्याग्दे गाउँपालिकाले गापाका आधारभुत र माध्यमिक तहका १० वटा विद्यालयहरूलाई दिवा खाजा का लागि व्यवस्थापन सामग्री वितरण गरेकाे छ । १ देखि ५ सम्म सञ्चालित विद्यालयलाई गत आर्थिक वर्षमा नै गाउँपालिकाले व्यवस्थापन सामाग्रीका साथै प्रति विद्यार्थी रू १५ का दरले रकम उपलब्ध गराएकाे थियाे । यस वर्ष सशर्त बजेट तर्फ बालविकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई प्रति विद्यार्थी रू १५ का दरले दिवा खाजा दिने निर्णय नेपाल सरकारले गरेकाे हाे । संघिय सरकारले खाजाकाे लागि मात्र बजेट विनियोजन गरेको भए पनि विद्यालयलाई व्यवस्थापन सामाग्री जुटाउन अप्ठ्यारो पर्ने भएकाले गाउँपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन सामाग्री विद्यालयलाई हस्तान्तरण गरिएको गाउपालिका अध्यक्ष मायादेवी रानाले बताइन । व्यवस्थापन सामाग्री अन्तरगत ग्यास, चुलो, सिलिन्डर, चम्चा, ठुलो कचौरा, बाल्टी, चक्कु, डाडु, पनियो, वाटा, डेक्ची लगायतका सामाग्री वितरण गरिएको रानाले जानकारी दिइन । माध्यमिक तर्फ रत्न मा. वि .मीन मा .वि ,गणेश मा . वि ,महेन्द्र मा . वि ,जनगणपति मा . वि र राधा मा . वि लाई वितरण गरिएको गापा उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । त्यस्तै आधारभूत तर्फ अकला . वि ,प्रभा आ . वि ,विजय आ . वि ,पसले आ . वि लाई उक्त सामाग्री वितरण गरिएको थियो । व्यवस्थापन सामाग्री पाउने बिद्यालयका प्रधानाध्यापक / शिक्षकले गाउपालिकाले विद्यालयहरूका वास्तविक समस्या पहिचान गरेकाेमा गाउपालिकालाई आभार प्रकट गरेका थिए । सामाग्री पाएका महेन्द्र माविका प्रअ साेम बहादुर थापाले खुसि हुँदै तत्काल प्रयाेगमा ल्याई गाउँपालिकाकाे उद्देश्य अनुसार कार्यान्वयनमा ल्याउने बताए । साे अवसरमा पालिकाकी अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले संयुक्त रूपमा उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरेका शिक्षा अधिकृत बुद्धिसागर खनालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी