कर्मचारी भर्नामा जनप्रतिनिधीको हस्तक्षेपबारे गुनासो

  • ख-
  • ख+


ऋषिङ्ग: सामाजिक सञ्जाल फेसबुकमा आइतबार ऋषिङ्ग ७ निवासी श्रीराम आलेले ऋषिङ्ग गाउँपालिका वडा न ७ मा रहेको श्री अमर आधारभुत  प्रा. वि. मा शिक्षक आवश्यकता पदपूर्तिका  लागि आवेदकको दरखास्त नै नलिएकोबारे लेख्नुभएको थियो । आलेका  अनुसार   विद्यालयले जारी गरेको सूचना अवधि भित्र समेत निवेदन लिन  नमानेको बताउनुभयो । उहाँका अनुसार जनप्रतिनिधिका आफ्ना मान्छे राख्ने निधो भै सकेकाले निवेदन अस्वीकार गरिएको हो ।   उहाँले  स्थानिय अराजक तत्वहरुको समूहले अन्य ब्यक्तिलाई निवेदन दिन रोक लगाएको प्रती सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको थियो फेसबुकमा लेख्दै आले भन्नुहुन्छ यस प्रकारको कार्य  ऋषिङ्गमा पटक पटक भएको छ । जसले सिङ्गो ब्यवस्थालाई  गिज्याएको छ ।  गुणस्तरीय  शिक्षा र विद्यार्थीको भविस्य बारे पनि सोच्ने कि ?
अमर आधारभुत  प्रा. विका प्रधानध्यापक चन्द्र कुमार श्रेष्ठका अनुसार विद्यालयले पौष २ गते देखि १६ गते सम्म आहवान गरेको सूचनामा आए सम्मका सबै निवेदनहरु लिईएको बताउनु भएको छ । जनप्रतिनिधि हरुको आग्रह पूर्वाग्रह बारे आफूलाई केही। जानकारी नभएको श्रेष्ठले जानकारी दिनुभयो । हालसम्म  विद्यालयमा  शिक्षक छनोट गरेका छैनौं केही समयमा टुङ्गो लाग्ने छ उहाँले भन्नु भयो । 
यस किसिमको जनगुनासो र जनप्रतिनिधिहरूको खुलेआम हस्तक्षेपलाई शिक्षा क्षेत्रमा हाबी हुन नदिन सम्बन्धित निकाएको समयमा नै ध्यान जाओस । स्वच्छ रुपमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न सकिएमा योग्यता भएका दक्ष शिक्षकबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने थियो कि ?

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी