
दमौली : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमण पछि अस्पतालमा उपचाररत आफ्ना चीर प्रतिद्वन्द्वी कांग्रेस पूर्व सह महामन्त्री एवम् पूर्व गृहमन्त्री गोविन्दराज जोशीको स्वास्थ्यलाभको कामना गरेका छन् ।
सोमबारयता राजधानीको ह्यांस अस्पतालमा उपचाररत जोशीको तस्बिर सामाजिक सञ्जालमा राख्दै पौडेलले उनको शीघ्र स्वास्थ लाभको कामना गरेको उल्लेख गरेका छन् ।

लामो समययता व्यक्तिगत सम्वाद समेत नरहेका दुई नेता तनहुँमा चीर राजनीतिक प्रतिष्पर्धी मानिन्छन् ।
यस्तोमा पौडेलले आफ्नो सहयात्री भन्दै जोशीको स्वास्थ्यलाभको कामना गर्नुलाई सम्बन्ध सुधारको शंकेतका रुपमा समेत कतिपयले अर्थ्याएका छन् ।