‘नेकपा नेतृ भट्टराई सहित सिंगो गाउँ नै काँग्रेसमा ‘

  • ख-
  • ख+

विकास खनाल

दुलेगौंडा : शुक्लागण्डकी नगरपालिका वडा नं ८ स्थित समावेशी टोल अन्तर्गतको साविकको हिलेपानी गाउँका सबै आफ्नो पार्टी प्रवेश दावी नेपाली काँग्रेसले गरेको छ ।

६५ घरधुरी भएको समावेशी टोलकी अध्यक्ष एवम् नेकपा नेतृ ईन्दिरा भट्टराईको नेतृत्वमा एक सय ६५ जना युवा तथा टोलवासीहरु काँग्रेस प्रवेश गरेको वडा सभापति कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।नवप्रवेशी टोलीलाई नेपाली काग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदीप पौडेलले टिका,खादा र नेपाली काँग्रेसको सदस्यता प्रदान गरेका थिए ।

वडा कार्यसमितिको आयोजनामा भएक‍ो पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गर्दै काँग्रेस केन्द्रीय भएकोले काँग्रेसको पक्षमा जनलहर सृजना भएको बताए।

नवप्रवेशी एवम् समावेशी टोल विकास संस्थाकी अध्यक्ष तथा नेकपाकी स्थानीय नेतृसमेत रहेकी ईन्दिरा भट्टराईले कम्युनिष्ट नेताहरुको भ्रष्ट प्रवृतिबाट आजित भएर आफुले ३४ वर्षसम्म दु:ख गरेको पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेको बताईन् ।पार्टी प्रवेश कार्यक्रमका अवसरमा काङ्ग्रेस नेताहरू महेश्वर भट्टराई , कृष्णराज पण्डित , माधव भट्टराई , कृष्णप्रसाद रेग्मी, यमबहादुर खाँड , भक्त श्रेष्ठ लगायतका नेताहरूकाे उपस्थिति थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्