‘ नर्चर द फ्युचर ‘ अभियान सफल पार्न लायन्स म्याग्देको स्वीटर अभियान

  • ख-
  • ख+

दमौली: चिसोले विद्यालय जानै छोडेका एक सय २० विद्यार्थीलाई स्वीटर वितरण गरेको भोलिपल्टै लायन्स क्लब अफ तनहुँ म्याग्देले थप १५विद्यार्थीलाई स्वीटर वितरण गरेको छ ।

हिरामणि प्रावि म्याग्दे ५ का ती विद्यार्थीलाई स्वीटर सँगै सबै ६० जनालाइ स्टेशनरी र एक दिनको खाजा वितरण गरिएको क्लबका अध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिए ।

लायन्स डिष्ट्रिक्ट एडभाइजर सन्तोस घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । क्लबले डिष्ट्रिक्ट गभर्नरको बालबालिका केन्द्रीत नर्चर द फ्युचर अभियान सफल पार्न विद्यालय केन्द्रीत शैक्षिक सहयोग कार्यक्रम अघि बढाइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी