चिसोमा कठ्यांग्रिएका मनपाङका १२० विद्यार्थीलाई लायन्स म्याग्देको स्विटर उपहार

  • ख-
  • ख+

म्याग्दे: लायन्स क्लब अफ तनहुँ म्याग्देले चिसोमा कठ्यांग्रिदै विद्यालय गैरहेका म्याग्दे ६ मनपाङस्थित रत्न माविका सबै विद्यार्थीलाई स्विटर वितरण गरेको छ ।

चिसोका कारण विद्यालय जानै कम गरे पछि एक सय २० विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरेको क्लबका अध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिए । उनीहरुलाई ५३ हजार रुपैयाँ बराबरको कपडा वितरण गरिएको क्लबले जनाएको छ ।


डिष्ट्रिक्ट ३२५ बी १ का हालका गर्भनर मनबहादुर रोकाको बालबालिकाको शिक्षामा सघाउने ‘नर्चर द फ्युचर’ अभियानअन्र्तगत सहयोग गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा डिष्ट्रिक्ट को चिफ एड्भाइजर विनोद ढुंगानाले आफूभन्दा कम अवसर पाएकालाई सघाउने लायन्सको मुलमन्त्र अनुसार गरिएको सहयोगले बालबालिकाको भविष्य उज्यालो पार्न मद्दत पुग्ने विश्वास लिए ।


विद्यालयका प्रधानाध्यापक रमेशबाबु भट्टराईले आर्थिक अवस्था कमजोर भएका कारण चिसाले विद्यालय आउन छाडेका विद्यार्थीलाई सहयोगले प्रोत्साहन गरेको भन्दै क्लबलाई धन्यवाद दिए ।


क्लबका अध्यक्ष भीमलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्लष्टर प्रमुख सूर्यनारायण बराल, रिजन चियर पर्शन भक्तबहादुर केसी, जोन चियरपर्शन प्रदीप थापा, स्थानीय हिराबहादुर गुरुङ, क्लबका प्रथम उपाध्यक्ष सुरेन्द्र अधिकारी, द्वितिय उपाध्यक्ष सुन्दरमणि अधिकारी, तृतीय उपाध्यक्ष गौरवराज राना तथा स्वास्थ्य निर्देशक चित्रबहादुर शाहीलगायतले कार्यक्रमबारे बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी