टेलिकमले फिर्ता गर्यो काटिएको रकम

  • ख-
  • ख+

संजय श्रेष्ठ गत ७ गते मंगलबार साँझको समय विद्युत आउने जाने भए लगतै मैले नेपाल टेलिकमको प्रिपेड सिमबाट १ जीबी डाटा खरिद गरेको थिए । प्याकेज खरिद गरे लगतै मोबाइलमा म्यासेज आयो तपाईको खाताबाट ४५ रुपैयाँ काटिएको छ। १ जीबी प्याकेज सुचारु भएको छ भन्ने सूचना आए लगतै मैले इन्टरनेटमा केही जरूरी काम गर्नुपर्ने भएकाले हतार हतार मोबाईल डाटा चलाउन तर्फ लागे । डाटा चलाएको केही समय पछि पुन सूचना आयो तपाइको खाताको रकम सून्य भएको छ कृपया रिचार्ज गर्नुहोला । मैले हतार हतार आफ्नो खाताको रकम जाँच गरे पैसा सून्य भएको रहेछ र खरिद गरेको डाटा प्रयोग नै भएको रहेनछ । साँझको समय भएकाले त्यो दिन नेपाल टेलिकम तनहुँको अफिसियल नम्बरमा फोन भने उठेन् । ८ गते बिहान कार्यालय समयमा पुन सम्पर्क गरे । सम्पर्क गरे लगतै कार्यालयका कर्मचारीहरुको जवाफ आयो तपाईको सिममा प्याकेज सुचारु भएको छ । सिममा १ रुपैयाँ भन्दा कम रकम भएकाले प्याकेज प्रयोग गर्न नमिलेको हो । नयाँ रिचार्ज गर्नुहोस् प्याकेज चलाउन मिल्छ भन्ने जवाफ आए पछि मैले नयाँ रिचार्ज गरेर डाटा खोले । डाटा खोले लगतै पहिले झै खाताको मेन ब्यालेन्स नै काटियो र पुन रकम सकियो भन्ने सूचना आयो तर डाटा भने प्रयोग नै भएन । न त देखायो नै । त्यस लगतै मैले नेपाल टेलिकम संग आफूले चलाएको डाटा, म्यासेज, र अन्य खर्च गतिविधिको स्टेटमेन्ट मागे । स्टेटमेन्टमा पनि खरिद गरेको डाटा भने समावेश गरिएको थिएन । प्याकेज खरिद बापतको रकम कट्टी भए पनि स्टेटमेन्ट मा भने न देखाए पछि टेलिकमले प्राविधिक गडबडीका कारण देखाउँदै काठमाडौँ हेड अफिसमा गुनासो पठाएका छौं भन्यो । केही दिन पछि टेलिकमले पुन सूचना पठायो तपाईको खाता बाट खरिद गरिएको डाटा प्याकेज प्रक्रिया असफल भएकाले रकम फिर्ता गरिएको छ । सेवा प्रदायक कम्पनी नेपाल टेलकमले मैले गरेको गुनासोका आधारमा केही दिन पछि खाताबाट काटिएको रकमको केही आंशिक रकम फिर्ता गरेको छ । यसरी विभिन्न सेवाहरु उपभोग गर्दा यस किसिमको समस्या आइपर्नू एउटा उदाहरण मात्र हो ।थुप्रा सेवा ग्राहिहरुले दिनहुँ यस किसिमको समस्या भोग्दै आएकाछन् । सामान्यतया रकम काटिए पनि आम नागरिकले सेवा बारे गुनासो भने गर्ने गर्दैनन् । केही रकम त हो त्यसका लागि किन झन्झट गर्नु भन्ने हिसाबले आम प्रयोगकर्ताले गुनासोहरु नगरेकाले दिनहुँ झै थुप्रै सेवा ग्राहिहरुको खाताको रकम काटिएको हुन्छ । तसर्थ सेवा प्रदायक जुन सुकै संस्थाहरुमा जन गुनासो गर्नु जरुरी देखिन्छ । मैले गरेको गुनासोका आधारमा मेरो केही आंशिक रकम फिर्ता भए पनि भोलिका दिनहरूमा टेलिकमले आफ्नो प्राविधिक समस्यालाई सुल्झाउन तर्फ प्रेरित हुन्छ की ? हामीले गरको केही गुनासो र खबरदारीले भोलिका दिनमा अन्य सिम प्रयोगकर्ता र उपभोक्ताहरुलाई यस किसिकिसिमका समस्या नपरोस् र आगामी दिनहरुमा टेलिकमले प्रदान गर्ने सेवा चुसतदुरुस्त होस् । रकम फिर्ता गरेकोमा नेपाल टेलिकमलाई धन्यवाद

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी