दमौलीमा प्रचण्ड नेपाल पक्षको कार्यकर्ता भेला

  • ख-
  • ख+

दमौली: प्रचण्ड नेतृत्वको नेकपाका कार्यकर्तालाई दमौलीमा प्रशिक्षण प्रदान गरिएको छ ।

केन्द्रीय नेताहरुको उपस्थितीमा तनहुँ उद्योग वाणिज्य संघको हलमा आयोजित प्रशिक्षणमा जिल्लाभरका वडा तहसम्मका नेताको उपस्थिति थियो ।

आफ्ना पक्षका नेता एवं नेकपा जिल्ला सेक्रेटरी राजेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज हरिबहादुर चुमान मुख्य वक्ता रहेको कार्यक्रममा अरु केन्द्रीय सदस्यहरु पिएल श्रेष्ठ तथा आशा कोइराला वक्ता थिए ।कार्यक्रममा केन्द्रीय लेखा आयोग सदस्य विद्या ढकाल, अञ्चल कमिटी सदस्य शंकरनारायण श्रेष्ठ, चित्र थापा र ओमकुमारी पौडेलले पनि प्रशिक्षण दिएका थिए ।

बैठकमा नेता विष्नुभक्त सिग्देल, नगर इन्चार्ज श्रीराम कार्की लगायत पनि उपस्थित थिए । जिल्लामा अध्यक्षमा ओली पक्षका केदार सिग्देल नेतृत्वमा छन् । जिल्लामा आफ्नो नेतृत्वको पक्षमा पकड बढाउन गरिएको यो भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्