
संजय श्रेष्ठ
ऋषिङ्ग: प्रथम ऋषिङ म्याराथन २०७७ पौष २७ गते हुने भएको छ । गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी ऋषिङ्गमा पहिलो पटक ३ चरणको दौड प्रतयोगिता आयोजना गर्न लागेको पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।श्रेष्ठका अनुसार २२से २४ सें राज्यका पालाको ऋषिङ्ग राज्य रहेको ऋषिङ्ग -८ गढीकोटबाट सुरु हुने ४० किलोमिटरको खुल्ला दौड प्रतियोगिता ऋषिंगे रानी नुहाउने रानीपोखरी, ऋषिङ्ग राज्यको हतियार भण्डार कोट, गाउँपालिका को कार्यालय, गोठादी, ढुँगादे, चालिसे, थप्रेक, भिर्कोट बगैंचा, भिर्कोट राज्य हुँदै ऋषिङ्ग-३ मा रहेको दूबुङ्ग भ्यु टावरमा पुगेर समाप्त हुनेछ । सो दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने ढावकहरुलाई क्रमश ६५ हजार, ४० हजार,२० हजार तथा ट्रफी मेडल र प्रमाणपत्र समेत प्रदान गरिने श्रेष्ठले जानकारी दिनुभयो । गढीकोट देखि वडा नम्बर ६ मा रहेको ज्यामीरे माई मन्दिर सम्मको करिब १० किलोमिटरअन्तर्गतको दौड प्रतियोगितामा ऋषिङ्गका स्थानीय धावकहरुले मात्र सहभागिता जनाउन पाउने छन् उहाँले भन्नुभयो । श्रेष्ठका अनुसार १० किलोमिटर अन्तर्गतको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमश १५ हजार,१० हजार ,५ हजार तथा ट्रफी मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ । सोही अवसरमा महिलाहरूका लागि आयोजना गरिएको ४ किलोमीटरको दौड गढिकोटबाट सुरु भई ऋषिङ्ग -७ मा अवस्थित दुर्गा भवानी मन्दिरमा पुगेर समाप्त हुनेछ । ४ किलोमीटर अन्तर्गतको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हरुलाई क्रमश १०हजार,८हजार,५ हजार तथा ट्रफी मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ । म्याराथनका अवसर पारेर गाउपालिकाले गढीकोटमा निर्माण गर्न लागेको भ्यु टावरको शिलान्यास तथा ऋषिङ्ग-३ दुबुङ्गमा निर्माण सम्पन्न भएको भ्यु टावरको समुद्घाटन कार्यक्रम समेत रहेको श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले धार्मिक, सांस्कतिक एवं ऐतिहासिक मह्त्व बोकेको ऋषिङ्गका विभिन्न स्थनहरूको प्रचाप्रसार तथा पर्यटक प्रवर्द्धन का लागि म्याराथन ले महतत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । बाहय सम्पर्क समन्वय समितिका संयोजक इन्द्र आलेका अनुसार म्याराथनमा आउनु हुने धावक तथा आन्तरिक पर्यटकहरूको बाँसको व्यवस्थापन लगाएत सम्पूर्ण तयारीहरु तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिनुभयो ।खुल्ला तर्फ प्रति धावक १ हजार र १० किलोमिटर दुरी अन्तर्गतको प्रतियोगिताका लागि १ सय रुपैयाँ दर्ता शुल्क तोकिएको आयोजक समितिले जनाएको छ । आयोजकका अनुसार २६ गते सम्ममा दर्ता समयावधि तोकिएको छ ।