ट्याक्टरको ठक्करबाट बरादीमा दुई घाइते

  • ख-
  • ख+

दमौलीः आँबुखैरेनी १ बरादीमा ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार दुई जना घाइते भएका छन् ।


बरादीस्थित पृथ्वी राजमार्गमा डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको ग ७ प ८४७५ नम्बरको मोटरसाईकललाई आँबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग ३ त ५६४४ नम्बरको ट्याक्टरले ठक्कर खाँदा मोटरसाईकल चालक व्यास ३ निवासी ४० वर्षका कृष्ण गजमेर र पछाडि सवार दमौली न्यूजका सहकर्मी ३४ वर्षका देव गजमेर घाइते भएका छन् ।


घाइतेमध्ये चालक कृष्णको खुट्टा भाँचिएको र देवको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवैको बिएण्डबी अस्पताल काठमाडौंमा उपचार भैरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्