सहिद चन्द्र छात्रावासमा देवघाटको सहयोगमा पानी

  • ख-
  • ख+

दमौलीः आदिकवि भानुभक्त क्याम्पसले संचालनमा ल्याएको सहिद चन्द्र नेपाली छात्रावासमा ईनार निर्माण सम्पन्न पश्चात आपूर्ति सहज भएको छ ।

क्याम्पसका अनुसार छात्रावासमा खानेपानी आपूर्तिको समस्या हुँदा किशोरी विद्यार्थीहरुलाइ सरसफाइमा समस्या पर्दै आएको थियो ।


देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापाले छात्रावासको भ्रमण गरि ईनार निर्माणमा प्रतिवद्धता जनाए पश्चात दुई लाख आर्थिक सहायता गरेको पछि योजना सम्पन्न भएको छ ।

योजनाको लागत अनुमान बमोजिम बुल्दिखोला किनारामा डोजरले खाडल खन्ने, पानी छान्न संरचना तथा पम्प र खानेपानीको पाइप जडान गर्ने कार्य सम्पन्न भैसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पुर्णबहादुर थापाले जानकारी दिए ।


गाउँपालिकाको टोलीले छात्राबासको पनि भ्रमण गरेको थियो । सो अवसरमा क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुख कल्पना लम्साल र क्याम्पस संचालक समितिका सदस्य सबिता पण्डित लगायतको उपस्थिती रहेको क्याम्पसले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी