आदिकविलाई २ हजार थान स्यानिटरी प्याड सहयोग

  • ख-
  • ख+

दमौली : व्यास नगरपालिकाले  आदिकवि भानुभक्त क्याम्पसलाई दुई हजार थान सेनिटरी प्याड हस्तान्तरण गरेको छ ।  नगरपालिकाका  शिक्षा शाखा अधिकृत सन्तोष गोदार र कम्प्युटर अपरेटर अर्जुन सुनारले सहायक क्याम्पस प्रमुख कल्पना लम्साललाइ मंगलबार हस्तान्तरण गर्नुभएको थियो । क्याम्पसमा अध्यनरत किशोरीहरुको स्वास्थ्य सुरक्षाका लागि टेवा पुर्याउने उद्देश्यले  नगरपालिकाले  उक्त प्याड प्रदान गरिएको शिक्षा शाखा अधिकृत सन्तोष गोदारले जानकारी दिनुभयो ।  सहायक  क्याम्पस प्रमुख कल्पना लम्सालका अनुसार हाल क्याम्पसमा २ हजार छात्राहरु अध्यनरत रहेका छन । उनका अनुसार क्याम्पसमा अध्यनरत करिब ९० प्रतिशत   छात्राहरु  तनहुँका ग्रामिण भेगका रहेका छन । छात्राहरुको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले गरेको सहयोग प्रति सिंगो क्याम्पस परिवार आभारी रहेको लम्सालले बताउनुभयो ।  महिनाबारिका बेला  अधिकांश  छात्राहरु क्याम्पस अनुपस्थित हुने गरेका थिए निशुल्क प्याड बितरणले उनिहरुको अध्यन नियमित गराउन सहायता पुग्ने छ लम्सालले भन्नुभयो ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्