पार्टीभित्र गुटबन्दी नगर्न रवि लामिछानेको निर्देशन

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र गुटगत भाष्य सिर्जना नगर्न निर्देशन दिएका छन् । बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा गुट उपगुटको राजनीति नगर्न निर्देशन दिएका हुन्।

‘बैठकमा मुख्य एजेन्डा नै यही थियो । महाधिवेशनपछि पार्टीभित्र कुनै गुट उपगुट छैन । यो वा त्यो समूहको भनेर कसैले पनि भाष्य बनाउन आवश्यक छैन । हामी सबै रास्वपाका हौँ’, रविको भनाइ उदृद्ध गर्दै एक केन्द्रीय सदस्यले भने ।

५१ जना पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गर्ने विषयमा प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाहसँग नियमित छलफल भइरहेको जानकारी दिँदै उनले अबको हप्ता १०/१५ दिनमा बिस्तारै मनोनीत गर्दै जाने बताएका थिए । आजको बैठकमा केन्द्रीय सदस्यहरूले महाधिवेशनको विभिन्न कोणबाट समीक्षा भएको थियो ।

अर्का केन्द्रीय सदस्य जगदीश खरेलले बैठकले महाधिवेशनको समीक्षा हुनुको साथै विधान संशोधन तथा कार्यविधि संशोधन सम्बन्धमा नीतिगत निर्णय लिएको बताए । उनका अनुसार वरिष्ठ नेतामा बालेनलाई मनोनीत गरेको छ । दैनिक कार्य सञ्चालनको लागि निर्वाचित पदाधिकारीको सचिवालय बनाइएको छ ।

सचिवालयमा सभापति रवि लामिछाने, उपसभापति द्वय डा.स्वर्णिम वाग्ले, सोविता गौतम, महामन्त्री विपिन आचार्य, उपमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी छन् । बाँकी सदस्य बिस्तारै थप्दै जाने खरेलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएपनि सरकार र पार्टीभित्र कुनै मतभेद नभएको उनले जिकिर गरे ।

  1. ‘पार्टीभित्र छलफल बहस हुन्छ । यो वा त्यो गुटको भनेर गुटबन्दी भएको छैन । सभापतिले पनि त्यसलाई खारेज गरिसक्नुभएको छ । सुनसरीकै घटनाको विषयमा पनि सामाजिक सद्भावका लागि सत्ता पक्ष र विपक्षको एउटै सन्देश जाओस भनेर पार्टीले सर्वदलीय बैठक आह्वान गरेको हो । सर्वदलीय बैठकमा सरकारमा वरिष्ठ मन्त्री स्वर्णिम उपस्थित हुनुन्थ्यो । त्यसैले दलले नै बैठक बोलाउने हो । यसमा कुनै शङ्का लिनु पर्दैन’, खरेलले भने ।
    साभारः रातोपाटी संवाददाता

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्