बिर्तामा हलो क्रान्तिको स्मरण

  • ख-
  • ख+

भानुः छिमेकको लमजुङमा शुरु भएको राणाशासनविरुद्धको हलो क्रान्तिको बिगुल फुकिएको तनहुँको भानु ७ बिर्तामा ऐतिहासिक क्रान्तिको स्मरण गरिएको छ ।

२००६ साल पुसको ६ गते राणाशासन विरुद्ध चुनौती दिनको लागि तनहुँका चार ब्राह्मण कविराज, विष्णुहरि र उमाभद्र खनाल तथा भुवनेश्वर ढकालले परम्परा तोड्दै हलो जोतेर आलु लगाउँदै क्रान्तिको बिगुल फुकेका थिए ।


त्यस क्रान्तिको ७१ औँ दिवसका अवसरमा हलो स्मारकमा गरिएको कार्यक्रममा नेताहरुले ऐतिहासिक दिनलाई स्मरण गरे । स्मारक निर्माण समितिको आयोजनामा भएको कार्यक्रममा नेपाली कांग्रेस सभापति बैकुण्ठ न्यौपानेले हलो क्रान्तिले २००७ सालको क्रान्तिको पुर्वाधार निर्माण गरेको भन्दै स्मारकको संरक्षणमा सघाउने बताए ।


संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले हलो क्रान्ति बिर्सने हो भने काँग्रेसको इतिहास पनि नहुने भन्दै हलो क्रान्तिलाई जोड्नुपर्ने बताए । नेपाल कम्युनिट पार्टी नेकपाको केन्द्रीय लेखा आयोगका सदस्य विद्या ढकालले हलो क्रान्तिलाई सबैले साझा सम्पत्तिका रुपमा स्विकार गर्नुपर्ने बताए ।
भानु नगरपालिकाका उपप्रमुख आशा थापाले भानु नगरपालिकाका आफ्नो स्वामित्वमा स्मारकलाई लिएको बताइन् ।


निर्माण समितिका अध्यक्ष अध्यक्ष बासुदेव ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मेदिनी शर्मा पण्डित तथा संस्थाका सचिव बाबुराम खनालले पनि क्रान्तिबारे चर्चा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी