सामुदायिक एम्बुलेन्स अभियानलाई ओझा परिवारको ५२ हजार

  • ख-
  • ख+

दमौलीः नेपाल रेडक्रस सोसाइटी दुम्सिकोट उपशाखाको एम्बुलेन्स खरिदका लागि व्यास (१० डिहीकुना निवासी धनमाया ओझाले आफ्ना स्वर्गीय पति गुरुदत्त ओझा र स्वर्गीय छोरा पुष्पराज ओझाको स्मृतिमा ५२ हजार दुई सय २२ रुपैयाँ प्रदान गरेकी छन् ।


छोरा पुष्पराजको प्रथम वार्षिक पुण्य तिथिमा रकम हस्तान्तरण गरिएको हो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने तथा वडा अध्यक्ष तुलसीराम सापकोटा समेतको उपस्थितीमा परिवारका सदस्यले रकम उपशाखा अध्यक्ष रामदत्त पौडेललाई हस्त्नान्तरण गरेका हुन् । कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपानेले एम्बुलेन्स संचालन गर्ने जस्तो पवित्र कार्यमा सघाएको भन्दै ओझा परिवारको सराहना गरे ।


यसले सामाजिक सन्देश दिएको भन्दै उनले नगरपालिकाले पनि उपशाखालाइ सहयोग गर्ने प्रतिबद्धता जनाए । उपशाखा सभापति रामदत्त पौडेलको सभापतित्वमा संचालित कार्यक्रममा व्यास १० का वडा अध्यक्ष तुलसीराम सापकोटा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अम्मरबहादुर कुँवर उपशाखा उप सभापति विष्णु अधिकारी एम्बुलेन्स अभियानका संयोजक ईश्वर पौडेल, कालिका पौडेल, प्रेमराज मिश्र एवं स्वर्गीय पुष्पराज ओझाका छोरा सुमन ओझा लगायतले सहयोगको प्रसंशा गर्दै अभियान सबैको साझा बनेको बताए ।


अभियानलाई व्यास १० सेवर स्थित सर्वज्योती आमा समुहले ३३ हजार तीन सय ३३ रुपैयाँ प्रदान गरेको अर्थ संकलन समितिका सदस्य विशाल गिरीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी