तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार एकाई भवनमा तोडफोड

  • ख-
  • ख+

थर्पु: तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार एकाईको भवनमा अपरिचित समूहले तोडफोड गरेको छ ।भवनको ढोकाको ताला फुटाइ भित्र भएका दराज समेत फोडिएको अवस्थामा भेटिएको छ ।

दराजको चाबी समेत फुटाएको अवस्थामा भेटिएको एकाई सभापति भीमलाल श्रेष्ठले जानकारी दिए ।भवनभित्र रहेका कागजात र सामान लथालिङ्ग अवस्थामा पाइएको उनले जानकारी दिए ।चोरी गर्ने उद्देश्यले घटना घटाइएको अनुमान गरिएको छ ।

नगद तथा अन्य वस्तु नभएकाले भोतिक सामानमा मात्र क्षति पुगेको भन्दै सभापति श्रेष्ठले घटनाको भर्त्सना गरे । एकाइले यसको छानविनका लागि प्रहरीसँग अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी