दर्शकबिना नै चल्ने भयो पोखरामा लिटरेचर फेस्टिभल

  • ख-
  • ख+

पोखराः खचाखच दर्शक र साहित्यप्रेमीको उपस्थितीमा पोखरामा हरेक वर्ष हुँदै आएको साहित्यीक जमघट आइएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण बिना दर्शक भर्चुअल रुपमा चल्ने भएको छ ।

पोखरामा पुस १४ र १५ गते हुने फेस्टिभल भर्चुअल रूपमा हुने आयोजक संस्था बुकवर्म फाउन्डेसनले पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।
फेस्टिभलको यो संस्करणमा १६ सेसन र ४० जनाभन्दा बढी वक्ता रहनेछन् ।

सबै सत्रहरू भर्चुअल रूपमा गरिने भएकाले यसपाली दर्शकको प्रत्यक्ष सहभागीता हुने छैन । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुनेछन् । नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहनेछन् ।


कोभिड कहरका कारण लामो समयसम्म आफूहरू फेस्टिभलको नवौं संस्करण आयोजना गर्ने कि नगर्ने भन्ने अन्योलमा रहे पनि फरक स्वरुपमा निरन्तरता दिने निष्कर्षमा पुगेको फेस्टिभलका निर्देशक अजित बरालले बताए । उनले थपे, ‘भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने आवाज उठेपछि फेस्टिभल आयोजनामा हामी जुटेका हौं ।’


फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले पनि कोभिड–१९ को संक्रमणकालीन समयमा भौतिक रूपमा फेस्टिभल आयोजना गर्न आफूहरू असमर्थ भएको बताए ।
सह–आयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरालाई चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए ।

‘पोखरा माछापुच्छ«ेले चिनिन्छ । फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले पनि चिनिन थालेको छ । फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो ।’
फेस्टिभल आयोजक संस्थाकी सदस्य अनीकर्माले एक मात्र साहित्यिक जमघटका कारण हामीले हालको समयमा पोखरेली युवाहरूमा पठन संस्कृति विकास गर्न सफल भएको बताइन् । उनले भनिन्, ‘हाल कोभिड–१९ का कारण यो अवसर जुट्न नसके पनि हामी यो वर्ष देश तथा विदेशमा रहेका साहित्यप्रेमी तथा शुभचिन्तकसँग युट्युब लाइभबाट जोडिनेछौं ।’


यसपालीको संस्करणमा देशका चर्चित साहित्यिक, राजनैतिक तथा सामाजिक क्षेत्रका चर्चित अनुहार विगतझैं जोडिने आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी