बर्लांचीमा ६२ वर्षिय वृद्धाको मृत्यु शंकास्पद, कुकुरसहितको टोलीबाट अनुसन्धान

  • ख-
  • ख+

दमौलीः व्यास ८ बर्लांचीकी ६२ वर्षिया सीता नेपाली गत मंगलबारबाट बेपत्ता भइन् । पतिको मृत्यु भैसकेकी उनी एक्लै बस्दै आएकी थिइन् । एक्कासी उनी हराए पछि आफन्तले खोजी थाले । प्रहरी पनि गुहारीयो ।


धेरैतिर खोजी थालिए पछि उनी हराएको चार दिन पछि शुक्रबार उनको शव भेटियो । घर नजिकैको जंगल छेउ झाडीमा घाँटीमा पटुका बाँधिएको अवस्थामा उनको शव भेटियो । दिउँसो शव भेटिए पछि घटनालाई स्थानीयले शंकास्पद ठाने ।

शरिरमा कपडा नहुनु, योनीबाट रगत बग्नु तथा रुखमा घाँटी र रुखमा पटुका बाँधिएको अवस्थामा शव भेटिए पछि प्रहरीले विशेष कुकुर सहितको टोली नै बोलाएर घटनास्थलको अनुसन्धान थालेको छ ।

तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलसमेत घटनास्थल पुगेर अनुसन्धान गरेका थिए । ‘दिउँसो शव भेटिए पछि थप अनुसन्धानका लागि कुकुरसहितको टोली आएको थियो,’ उनले भने,‘थप अनुसन्धान भैरहेको छ ।’


वृद्धाको शव पोष्टमार्टम गरिएको छ । आफन्तले घटनाबारे अनुसन्धानका लागि जाहेरी पनि दिएका छन् । उनीहरुले मृत्यु सामान्य नभएको भन्दै हत्या भएको आशंका गरेका छन् ।


उनका ज्वाईं पर्ने माधव नेपालीले कर्तव्य ज्यान हुन सक्ने भन्दै अनुसन्धानका लागि जाहेरी दिएको बताए । ‘आत्महत्याजस्तो देखिन्न,’ उनले भने,‘घटनाको अनुसन्धानका लागि जाहेरी दिएका छौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी