दमौली: जेसीआइ व्यास नगरका पूर्व अध्यक्ष पविन्द्र भट्टराई नेपाल जेसीजको कोषाध्यक्ष चयन भएका छन् ।
रुपन्देहीको भलबारीमा सम्पन्न ४७ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित वर्ष २०२१ का अध्यक्ष अरुणेश्वर खनालले भट्टराईलाई कोषाध्यक्ष मनोनित गरेका हुन्।
अब वर्ष २०२१ मा उनले देशको युवाको ठूलो संगठनको आर्थिक दायित्व हेर्नेछन् ।जेसीजको महत्वपूर्ण पद पाए पछि अहिले उनलाई बधाईको ओइरो लागेको छ ।











